बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – नेपाल जापान सोसाइटीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणालाई एक कार्यक्रमका बीच स्वागत गरेको छ ।

राजदूत राणालाई स्वागत गर्दै सोसाइटीका अध्यक्ष तथा नेपालका लागि पूर्व जापानी राजदूत कोजीमाले नेपाल र जापान असल मित्र रहेकोले नेपालको विकासका लागि जापानले सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि जारी राख्दै राणाको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत रााणाले नेपाली र जापानी जनताबिचको सम्बन्ध पारिवारिक रहेको बताउंदै यसप्रकारको सम्बन्धले दुई देशकाबिचको सम्बन्ध अभिवृद्धि गर्नका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको समृद्धिका लागि जापानको लगानी र प्रविधि भित्राउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पुरयाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जापानको वातावरण राज्यमन्त्री इटोले नेपाल संसारकै प्राकृतिक सौन्दर्यताले भरिएको तथा बुद्धको जन्मभूमि भएकोले पनि सबै जापानीलाई यसका बारेमा जानकारी गराउने खालका कार्यक्रमहरु संचालन गरिनुपर्ने बताउनुभयो । ***

तपाईको प्रतिक्रिया