सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – नम्बर वन ट्राभलको शाखा जापानको कामताबात शुरु भै सोहि शाखाबाट  इजीलिंक रेमिट्यान्सले आफ्नो कारोवार पनि शुरु गरेको  छ ।  शनिवारवाट औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको शाखाबाट सेवा दिन थालिएको कम्पनीले जनाएको छ ।

जापानमा क्रियाशील रेमिट्यान्स कम्पनी इजिलिंकले  एक कार्यक्रमकाबिच इजीलिंक रेमिट्यान्सका प्रबन्धक डीपी अर्याल र नम्बर वन ट्राभलका प्रतिनिधीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन |

जापानमा नेपालीहरुको बाक्लो बस्ती भएको ठाउँमा आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ सेवा दिनको लागि कम्पनीले  शाखा खोल्ने योजना अनुरुप शाखा बिस्तार गरिएको कम्पनीले जनाएको छ ।
सो स्थानमा दुवै कम्पनीले दोहोरो व्यावसाय कामताबाट संयुक्त कारोबार सुरु गरेको इजीलिंक रेमिट्यान्सका प्रबन्धक अर्यालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया