Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’को औपचारिक घोषणा गरिएको छ। आइतवार  एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो। यस अघि केहि चलचित्रमा सह निर्देशकको रुपमा कार्य गरेका र ओस्कार कलेजमा चलचित्र निर्देशनको औपचारिक शिक्षा प्राप्त गरेका प्रवेश पौडेलले ‘अमेरिका बोइज’लाइ निर्देशन गर्ने छन् ।

चलचित्रको छायांकन तिहारको लगत्तै सुरु हुनेछ ।चलचित्रमा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ। प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको चलचित्रको लागत दुई करोड रहने बताइएको छ । इन्द्र प्रसाद खरेल र डम्बर चन्द चलचित्रका निर्माता हुन् ।चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन् नाम‘अमेरिका बोइज’ भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा चलचित्र बन्न लागेको निर्दशकले कार्यक्रममा बताए ।

चलचित्रमा अलोक सुक्लाको छायांकन,निमेश श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत,सुनिल क्षेत्रिको कोरियोग्राफी रहने छ। निर्माण युनिटका अनुसार चलचित्र आगामी बैशाख १४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया