सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो-जापानमा विदेशीको संख्या वृद्धिसंगै नेपालीको संख्यामा पनि ६ महिनामा १० प्रतिशतले वृद्धि भएको एन एच के अनलाइनले प्रकाशित गरेको छ ।

जुन महिनाको मसान्तमा जापानमा बसोबास गर्ने विदेशीको संख्या हालै यहांको कानुन मन्त्रालयले सार्वजनिक  गरेको हो । जस अनुसार कुल विदेशीको संख्या अहिलेसम्मकै सबैभन्दा बढि छ । उक्त संख्या २४ लाख ७१ हजार ४५८ जना रहेको तथ्यांकमा उल्लेख छ । गत डिसेम्बर महिनाको अन्तमा सार्बजनिक गरेको तथ्यांकको तुलनामा विदेशीको संख्या ८८ हजार ६३६ जना अर्थात ३ दशमलब ७ प्रतिशतले बृद्धि भएको समाचारमा उल्लेख छ ।

विदेशीहरु मध्ये सबैभन्दा बढि चिनिया नागरिक छन । जापानमा चिनियाहरुको संख्या ७ लाख ११ हजार ४८६ जना रहेको छ । उक्त संख्या कुल विदेशी संख्याको करिब ३० प्रतिशत हुन आउंछ । त्यसैगरी दोश्रो स्थानमा कोरियनको संख्या ४ लाख ५२ हजार ९५३ जना र तेश्रोमा फ़िलिपिनीको संख्या २ लाख ५१ हजार ९३४ जना रहेको छ । अघिल्लो सार्बजनिक तथ्यांकको तुलनामा अत्याधिक बृद्धि भएकोमा भियतनामी र नेपाली भएको समाचारमा बताईएको छ ।

डिसेम्बर मसान्तको तुलनामा भियतनामीको संख्या १६ दशमलब ३ प्रतिशत अर्थात ३२ हजार ५७२ जना बृद्धि भएको छ भने नेपालीको संख्या १० दशमलब १ प्रतिशत अर्थात ६ हजार ८३० जना बृद्धि भएको छ । सन २०१६ डिसेम्बर मसान्तमा सार्बजनिक गरिएको तथ्यांक अनुसार जापानमा नेपालीको संख्या ६७ हजार ४७० जना रहेको थियो । अर्कोतर्फ़, जापानमा ओभरस्टे बस्ने बिदेशीको संख्या भने २ वर्षपछि घटेको समाचार छ । उक्त संख्या ६४ हजार ७५८ जना रही, ६ महिना अघिको तुलनामा ५१२ जना घटेको बताईएको छ । कानुन मन्त्रालयका अनुसार जापानमा विदेशीहरुको लागि रोजगारको अवसर दिने कम्पनीहरु बृद्धि हुनुका साथै बिबिध खालका बातावरणमा पनि सुधार आएकोले बिदेशीको संख्यामा वृद्धि भएको हो ।

तपाईको प्रतिक्रिया