Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ को संशोधन तत्काल गर्न सरकारसँग माग गरेको छ । औषधी ऐन २०३५ को संशोधन मस्यौदा स्वास्थ्य मन्त्रालयमा पेश गरीसकेको जनाउँदै विभागले संशोधनको काम यथाशक्य छिटो अघि बढाउन माग गरेको हो ।

तेस्रो चौमासिक तथा वार्षिक समीक्षा कार्यक्रममा विभागका महानिर्देशक नारायणप्रसाद ढकालले ऐन संशोधन हुन नसक्दा नियम उल्लंघनकर्तालाई सजाय तथा कानुनी दायरामा ल्याउन नसकिएको बताउनुभयो । सीमापारबाट हुने गैरकानुनी औषधी पैठारीलाई रोक्न तथा विभागका काम व्यवस्थित तवरले अघि बढाउन ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको महानिर्देशक ढकालको भनाई छ ।

स्वास्थ्यमन्त्री गिरिराजमणी पोखेरेलले ऐन संशोधनको काम सकेसम्म छिटो अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुलुक निर्वाचनको संघारमा रहेकाले हाल संशोधनको काम अघि बढ्न नसकेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो । आगामी कार्यक्रम संघीय संरचना अनुसार अघि बढाउन मन्त्री पोखरेलले विभागलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा औषधी आयात संघका महासचिव पवन आचार्यले नेपालमा आयात हुने सबै औषधीको मुल्य वैज्ञानिक तवरले एक महिना भित्र निर्धारण गर्न माग गर्नुभयो । गत आर्थिक वर्षमा ४ हजार ३ सय १८ औषधी पसल र फार्मेसीको निरीक्षण गरेको तथा विना दर्ता फार्मेसी सञ्चालन गर्ने ६ जना विरुद्ध मद्दा दायर गरेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया