Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – चावहिलस्थित ओम अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि तनाव भएको छ । बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशनका क्रममा मृत्यु भएपछि तनाव सिर्जना भएको हो ।

शल्यक्रिया गरी नाकको बाङ्गगो हाड सोझ्याउन उनी गत शुक्रवार अस्पताल भर्ना भएकी थिइन् । उनलाई आज दिउँसो अस्पतालले मृतक घोषणा गरेको थियो । उनका आफन्तले भने अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा नाराजुलुस गरेका छन् । बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी माग्नुपर्ने मृतकका आफन्तहरुको माग छ ।

माग पुरा नभए आन्दोलनमा जाने उनीहरुले बताएका छन् । यता अस्पतालले भने कमलाको मृत्यु अस्पतालको लापरवाहीका कारण नभई रगतको संक्रमणका कारण भएको बताएको छ ।

 

तपाईको प्रतिक्रिया