शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं –  मानव तस्करले युरोप र अमेसरकामात्र होइन, अफ्रिकामा समेत नेपाली लैजाने गरेको पाइएको छ ।

दक्षिण अफ्रिकामा मानव तस्करी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले बाग्लुङका सागर श्रीसलाई पक्राउ गरेको छ ।

दक्षिण अफ्रिकामा अलपत्र परेका नेपाली युवा त्यहाँस्थित दूतावास र अपराध महाशाखाको वैदेशिक रोजगार ठगी शाखाको पहलमा स्वदेश फर्किएपछि श्रीस समातिएका हुन् ।

प्रहरीका अनुसार तस्करीमा संलग्न नेपालीले भारत, दक्षिण अफ्रिकामा बसेका काम गर्ने गरेका छन् । इथियोपिया, मोजाम्बिक, स्वाजिल्याण्ड हुँदै दक्षिण अफ्रिका सीमामा पुगेका तीन जना नेपालीलाई दक्षिण अफ्रिकाको सुरक्षा निकायले नियन्त्रणमा लिएर १६ दिन हिरासतमा राखेको थियो ।

पीडितको बयानका आधारमा दक्षिण अफ्रिकामा अझै धेरै नेपाली अलपत्र रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया