बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – डिप्रेसन एक प्रकारको मानसिक रोग हो । यसलाई मानिसहरूले धेरै ठूलो रोगको रूपमा लिन्छन् । यसको उपचार समयमै गर्न सकियो भने निको पनि हुन्छ । डिप्रेसनले सोचाइ र व्यवहारमा असर गर्छ ।

डिप्रेसन मानिसलाई हुने रोगहरूमध्ये प्रमुख रोग हो । समयमै उपचार भएन भने कहिलेकाहीँ यसले ठूलो समस्या निम्त्याउन सक्छ । घरपरिवार, समाज, आफन्तको डरले गर्दा मानिसहरू यसबारे खुलेर कुरा गर्न सक्दैनन् ।

डिप्रेसन एक मानसिक समस्या हो । यो समस्या भएका व्यक्तिको मन निराश हुने, थकानको महसुस हुने, आत्मविश्वासमा कमी आउने, सधैँ नरमाइलो लाग्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने आदि लक्षण देखिन्छन् ।


डिप्रेसन भएका मानिसको निद्रा र खानाको गडबडी हुने, कसैसँग बोल्न मन नलाग्ने इच्छाशक्तिमा कमी, हरेस खाने, केही गर्न सक्दिनँ भन्ने सोच आउन सक्छ । यति मात्रै हैन, डिप्रेसन भएका मानिसमा आत्महत्याको सोच आउने समस्या पनि भेटिन्छ ।

टाउकोमा चोट लागेका मानिस, मुटुमा समस्या हुने मानिस, थाइराइडको समस्या हुनेहरूमा डिप्रेसन हुने सम्भावना हुन्छ ।

टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, केटाकेटीहरूलाई डिप्रेसन भएमा खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखापर्छन् । डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसिरहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।

यसरी हुन्छ उपचार
डिप्रेसनको पहिलो अवस्था हो भने काउन्सिलिङबाट मात्र पनि उपचार गर्न सकिन्छ । त्यसपछिका अवस्थामा औषधि प्रयोग गर्नुपर्ने हुन्छ ।

केही समय औषधि प्रयोगपछि डाक्टरको सल्लाहअनुसार छोड्न सकिन्छ । कहिलेकाहीँ औषधिको साइड इफेक्ट पनि हुन सक्छ ।

विशेषज्ञ चिकित्सकको सहयोगले डिप्रेसन हुने समस्याबाट मुक्त हुन सकिन्छ ।

 

तपाईको प्रतिक्रिया