बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौँ – भारतमा प्रतिबन्धित भारतीय मुद्रा एक हजार र पाँच सयका नोट पशुपतिनाथलाई चढाइने गरिएको छ । भारतीय तीर्थयात्रीले ती दरका रुपियाँ नाथलाई भेटीका रूपमा चढाउने गरेका छन् ।

पुण्य कमाउनका लागि कागजको खोस्टो मात्र ठहरिएका त्यस्ता नोट पशुपतिमा चढाउने क्रम बढ्दो छ । यसरी ठूलो परिमाणमा प्रतिबन्धित भारतीय रुपियाँ सङ्कलन हुन थालेपछि पशुपति क्षेत्र विकास कोषलाई निकै समस्या परेको छ ।

पशुपतिनाथका सेवक (बिशेट) अरुण श्रेष्ठका अनुसार करिब सात लाख बेचल्तीका भारतीय रुपियाँ भेटीका रूपमा पशुपतिनाथमा छन् । उहाँका अनुसार भारत सरकारद्वारा वैधानिकता समाप्त गरिएका यी नोटको कोषले खातामा आम्दानी बाँध्ने गरेको छैन । उहाँले आम्दानीलाई नबाँधिए पनि नोटलाई सेफमा सुरक्षित राख्ने गरिएको छ ।

यी भेटीलाई के कसो गर्ने हो भन्ने विषयमा कोष रनभुल्लमा छ । यस्ता नोट आउने क्रम पनि छँदैछ । अलिअलि गर्दै यी नोट जम्मा भएको श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया