मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौैं – ‘मिस टिन अफ दि इयर २०१७’को उपाधि क्रिष्टीन पौडेलले चुम्नुभएको छ । रिवन इन्टरटेमेन्टले हालै राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अन्य प्रतियोगीलाई पछि पर्दै उहाँले उपाधि चुम्नुभएको हो। प्रतियोगीतामा उहाँ मिस फोटो जेनिक र बेष्ट स्पिचको उपाधि समेत हात पर्न सफल रहनुभयो ।

युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको भबिश्य निर्माणमा सहयोग पुर्याउने उदेश्यले आयोजना हँुदै आएको यो प्रतियोगीतामा सिसम भट्टराई, प्रभा टन्डन, प्रभा पाण्डे क्रममा फष्ट, सेकेन्ड र थर्ड रनरअफ घोषित भए । भट्टराइले मिस क्याटवाक, टन्डनले बेष्ट पर्सनालिटि र पाण्डेले फेसबुक च्वाइस र बेष्ट स्क्रिन अवार्ड समेत हात परे ।

एकै मञ्चमा आयोजित अर्को प्रतियोगीता ‘नेपालस् फेस अफ दि इयर २०१७’को उपाधि आरजु सिलवाले हात पार्नुभयो । उहाँले मोष्टपपुलर बिधा सहित शिर्ष उपाधि चुम्नुभएको हो ।

यही प्रतियोगीतामा आस्था खनाल फष्टरनर अफ र सन्जु कथेत सेकेन्ड रनर अफ भए । आस्थाले मिस फोटो जेनिक र बेष्ट फिजिक उपाधि समेत हात पार्दा सन्जुले बेष्ट स्क्रिन उपाधिमा चित्त बुझाउनुभयो ।

 

तपाईको प्रतिक्रिया