सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

कोहलपुर – अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिँसा र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएर पत्निलाई छुटाएको भन्दै एक युवा ससुरालीमा अनशन बस्नुभएको छ ।

बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनसनमा बस्नुभएको हो । पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बस्नुभएका उहाँको शारिरीक अवस्था समेत नाजुक बन्दै गएको छ। सासुससुराले पत्नि रन्ता दर्लामीलाई लुकाएको र आफूविरुद्ध मुद्दा दर्ता गराएर फसाएको उहाँको आरोप छ।

दैलेख नारायण नगरपालिका ६ घर भएका उनले २०७३ असोजमा अन्तरजातीय विवाह गर्नुभएको थियो । उहाँले आफूमाथि अन्याय भएको भन्दै ससुरालीमा साउन ८ गतेदेखि अनसन बस्नुभएको हो ।

पत्निलाई भड्काएर आफूबाट टाढा बनाएको र आफूलाई झुटो मुद्दा लगाएर फसाउन खोजेको उहाँले बताउनुभयो। ‘हामी दुई एकअर्कोमा छुट्न चाहँदैनौ,’ उहाँले भन्नुभयो, ‘सासुसुराले माईतीघरबाट संगै दैलेख पठाउने बहानामा बीच बाटोबाट भगाए।’

सार्कीको ससुराली बैजनाथ ३ नौवस्ता मसुरीखेत बाँकेमा रहेको छ। पत्नि रत्नाको लागि आफू भोकभोकै मर्न तयार रहेको उहाँले बताउनुभयो। सासुसुराले पत्नि रत्नालाई आफूसामू नल्याउँदासम्म अनसन जारी रहने र मर्न परेपनि ससुराली घरमै मर्ने उहाँ बताउनुहुन्छ ।

ससुराली नजिक रहेको खेतको डिलमा उनी पाँच दिनदेखि भोकभोकै रातदिन कटाई रहनुभएको छ । पानीको सहारामा उहाँ बाचिरहनुभएको छ । पत्निलाई उक्साए र दवाव दिएर अन्तै भगाएको र आफूविरुद्ध उल्टो मुद्धा चलाउन लगाएको उहाँको आरोप छ । उहाँले ससुरालीमा पत्नि रत्नालाई जसरी पनि आफू अगाडी ल्याउनुपर्ने अडानमा हुनुहुन्छ ।

रत्नाका बुवा ससीराम दर्लामीले छोरीलाई देलेखबाट नौवस्तामा ल्याउन आफन्त पठाएको र दुई दिमा आउने बताउनुभयो । आफू केटाकेटीको घरबार विगार्ने पक्षमा नरहेको बताउँदै छोरीलाई ल्याएर केटाको अगाडी छलफल गर्ने बताउनुभयो । ‘

आफू दलित भएकै कारण घरेलु हिँसा र सम्बन्ध विच्छेद मुद्दा हालेर अलग बनाउन चाहेको उहाँको आरोप छ। स्थानीय र आफन्त पीडित सार्कीलाई अनशन तोड्न आग्रह गरेपनि उहाँले पत्नि आफू सामु नआउँदासम्म र मुद्दा छिनोफानो नहुँदासम्म अनशन जारी राख्ने पक्षमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया