शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – यदि तपाईं ती मानिसहरुमध्ये हुनुहुन्छ जसलाई लामखुट्टेले धेरै टोक्छ ? यदि यसको उत्तर ‘हो’ मा आउँछ भने यसको पछाडि वैज्ञानिक कारण हुनसक्छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको एक ताजा अनुसन्धान अनुसार महिलाहरुको तुलनामा पुरुषलाई लामखुट्टेले धेरै टोक्छ ।

एन्टोमोलोजिस्ट डा.एम.एम महुलियाका अनुसार लामखुट्टेले मानिस छानी छानी टोक्ने गर्दछ । यसलाई सबैलाई समान रुपमा टोक्दैन ।

लामखुट्टेमा हुन्छन् सेन्सरः

-डा. महुलियाको भनाई अनुसार लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउनका लागि एक विशेष प्रकारको सेन्सर हुन्छ । आफ्नो शिकारलाई यसै सेन्सरको प्रयोग गरेर खोज्ने गर्दछन् । लामखुट्टेलाई के कुराले आकर्षित गर्छ, त्यसबारे संसारभरी थुप्रै अनुसन्धान भइसकेको छ ।

मात्र पोथी लामखुट्टेले टोक्छन्ः

-हामीमध्ये धेरैलाई थाहा होला, पोथी लामखुट्टेले मात्र टोक्ने गर्दछन् । भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाँचिरहेका हुन्छन् । पोथी लामखुट्टेलाई मानव रगतको आवश्यकता लार्भा उत्पादनका लागि आवश्यक पर्दछ ।

उमेर र लिङ्गः

-महिलाको तुलनामा पुरुष र बच्चाको तुलनामा वयस्कलाई लामखुट्टेले धेरै टोक्ने अनुसन्धानबाट पत्ता लागेको छ । 

पसिनाः

-धेरै पसिनाले लामखुट्टलाई आकर्षित गर्दछ । एउटा लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा यसमा पाइन्छन् । 

शरिरको तापक्रमः

-लामखुट्टे शरिरको तापक्रम मार्फत पनि आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरिरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ ।

रङः

-थुप्रै अनुसन्धानले कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुने बताएको छ । 

बास्नाः

-बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ । यदि तपाईंले परफ्युम र डियो लगाउनुभएको छ भने तपाईंलाई लामखुट्टेले टोक्ने सम्भावना धेरै छ । 

स्किन केयर प्रोडक्टः

-अधिकांश स्किन केयर क्रिममा ल्याक्टिक एसिड हुने गर्दछ जसले लामखुट्टेलाई आकर्षित गर्दछ ।

कोलेस्ट्रोलः

-जो मानिसहरुको कोलेस्ट्रोलको स्तर धेरै छ उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।

मोटोपनः

-मोटो मान्छेहरुले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्ने गर्दछन् । उनीहरुको बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।

शरिरको गन्धः

-लामखुट्टेले शरिको गन्धमार्फत पनि मानिस भएको ठाउँ थाहा पाउँछ । जति कडा गन्ध हुन्छ लामखुट्टेले टोक्ने सम्भावना त्यति धेरै हुन्छ ।

गर्भवतीः

-सामान्य महिलाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले टोक्ने सम्भावना दोब्बर हुन्छ । -एजेन्सी

तपाईको प्रतिक्रिया