मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गर्नुभएको थियो । त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने कामलाई बढावा दिइरहेको छ ।sher

असार मसान्तसम्म मन्त्रिपरिषद्ले एक गैरसरकारी संस्था र अन्य आठजनालाई गरी ४५ लाख आर्थिक सहायता वितरण गरेको छ । असार महिनामा मात्र आठजनालाई २९ लाख र सुर्खेतको महिला जेसिसलाई १५ लाख दिइएको छ ।

देउवा नेतृत्वको सरकारबाट आर्थिक सहायता पाउनेहरू 
-रामहरि जोशीको उपचारमा लागेको खर्च सरकारको व्यहोर्ने
– भक्तपुर निवासी सांसद रामेश्वरप्रसाद ढुंगेललाई चार लाख
– बुद्धिकुमारी पाण्डे, आनन्दवन–६ रुपन्देहीलाई पाँच लाख
– विनोदकुमार गुरुङ, सिर्थौली–९ सिन्धुलीलाई तीन लाख
– दुर्गादेवी खड्का, रामेछापलाई तीन लाख
-लक्ष्मी दर्जी रुकु कालिकोटलाई तीन लाख
– गंगाराम नकाल, सानोपेटी–३ रुकुम तीन लाख
– सुमन नकाल सानोपेटी–३ रुकुम तीन लाख
– लेखापाल गिरिराज शर्मा सुवेदीको श्रीमती टीका सुवेदीलाई क्यान्सर उपचारका लागि पाँच लाख
– महिला जेसिस सुर्खेतलाई १५ लाख अनुदान

तपाईको प्रतिक्रिया