मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – खाडी मुलुकमा घरेलु कामदार हाउसमेड पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागि परेको खुलेको छ ।

प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी आफूलाई दबाब दिइरहेको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले  बताउनुभएको छ ।

सरकारले पछिल्लो पटक चैत अन्तिम साता घरेलु कामदारका रूपमा कुवेत, कतार, साउदी अरेबिया लगायत खाडी मुलुक जान प्रतिबन्ध लगाएको थियो ।

घरेलु कामदारका रूपमा जाने नेपाली युवायुवतीले चरम यातना पाएको, समयमा तलब नपाएको र महिला कामदारले यौनजन्य हिंसा समेत बेहोर्नुपरेको गुनासो आएपछि खाडी पठाउन प्रतिबन्ध लगाइएको हो ।

तपाईको प्रतिक्रिया