शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – भिजिट भिसामा विदेश कामदार पठाउने ट्राभल एजेन्सीलाई कारबाही गर्न श्रम मन्त्रालयले गृहमन्त्रालयलाई अनुरोध गरेको छ ।

राम्रो काम र आकर्षक तलब पाइने भन्दै कामदारसँग लाखौं असुल गरी संयुक्त अरब इमिरेट्स (यूएई) मा अवैध ढंगले पठाउने अर्थलाइन ट्राभल एजेन्सी र क्रोमोजो ट्राभल्सलाई कारबाही गर्न श्रमले अनुरोध गरेको हो ।

यी ट्राभल एजेन्सीले पठाएकामध्ये १९ जना यूएईमा अलपत्र परेका थिए ।

तपाईको प्रतिक्रिया