शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगाबाट विजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरको छ ।

भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई छुट्टाछुट्टै प्रसारण लाइनबाट ५० – ५० मेगावाट बिजुली ल्याइ गार्हस्थ लोडसेडिङ हुन नदिन दुवै देशका अधिकारी निकट भविष्य जुट्दैछन् ।

भारतले पुसमा निर्माण सकेको कुसाहा–कटैया र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट आयात गरिने थप बिजुलीको भाउ तय गर्न लागेको प्राधिकरणको विद्युत व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बताउनुभयो ।

यी दुई प्रसारण लाइनबाट आउने विजुलीको भाउ तय भएपछि आगामी हिउँदमा सय मेगावाट विजुली आयात हुने उहाँले जानकारी दिनुभयो ।

‘निर्माण सकिएर सकिएर पनि भाउ तय नभएकाले कुसाह र रक्सौलबाट थप विजुली आयात भएको छैन्’, अधिकारीले मंगलबार भन्नुभयो, ‘व्यापारिक आयात हुने भाउ छिनोफानो भएपछि नेपालमा विजुली आयात गर्न सहज हुनेछ ।’

तपाईको प्रतिक्रिया