बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको छ । ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको हो ।

नेपालका प्रनित थापामगरले २६ बलमा २३ रन, अनिल शाहले २२ बलमा १९ रन, रोहित कुमारले पौडेलले १२ बलमा ११ रन बनाए । नेपालका सन्दीप सुनार ९ बलमा १ रन साथै आशिफ शेख ५ बलमा ४ रन बनाउँदा आउट भए । दुवै विकेट आर्यमन सुनिलले लिएका हुन् । नेपालको तेस्रो विकेट दिपेन्द्र सिंह ऐरी १२ बलमा २ रन बनाउँदा आउट भए । उनलाई रोहन रंगराजनले आउट गरे । प्रनितलाई अंश भार्गवले आउट गरे । अनिल शाहलाई आहान गोपीनाथ आचरले आउट पारेका हुन् ।

पहिले ब्याटिङ गरेर २९ ओभरमा ७३ रन बनाउँदा सिंगापुर अल आउट भएको हो । सिंगापुर क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ गरेको हो । नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै शाहब आलमले तीन र किशोर महतो दुई विकेट लिए । सिंगापुरका ब्रिगु ऐयरले ३९ बलमा ४२ रन बनाए । उनले ६ चौका र एक छक्का हाने । नेपालका लागि पहिलो विकेट किशोर महतोले सिंगापुरका रोहन रंगराजनलाई शून्यमै आउट गरेका हुन् । सन्दीप लामिछानेले सियन अग्रवाललाई ३३ बलमा ११ रन बनाउँदा आउट गरे ।

सन्दीपले नै सिंगापुरका सिद्धान्तलाई पनि ११ बलमा ४ रन बनाउँदा आउट गरे । शाहव आलमले युवराज सिंहलाई २२ बलमा २ रन बनाउँदा आउट गरे । सन्दीप लामिछानेले हन्सुल दीपलाई १ रनमा र आर्यमन सुनिललाई शून्यमा आउट गरे । सन्दीपले नै जनक प्रकाशलाई पनि शून्यमै आउट गरेर आफ्नो पाँचौ विकेट लिए । शाहब आलमले बिक्रम वीर विश्वारेलाई २३ बलमा ३ रन बनाउँदा र आहान गोपीनाथ आचरलाई ९ बलमा २ रन बनाउँदा आउट गरे । अन्तिम विकेट किशोर महतोले लिए । उनले ३९ बलमा ४२ रन बनाएका ब्रिगु ऐयरलाई आएट गरे ।

नेपाल दुई वर्षअघि बंगलादेशमा भएको १९ बर्षमुनिको विश्वकप क्रिकेटको क्वाटरफाइनलसम्म पुगेको थियो । त्यो प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कारण नेपाल र अफगानिस्तानले यो छनोट प्रतियोगिता खेल्न पाएका हुन् ।

तपाईको प्रतिक्रिया