बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – भारतीय राष्ट्रपतिको निर्वाचन राजधानी नयाँ दिल्लीमा अाज सुरु भएको छ । अाज बिहान सुरु भएको सो निर्वाचनमा भारतको लोकसभाका र राज्य सभाका सांसदले मतदान गर्दैछन् ।

यस निर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्द उम्मेदवार हुनुहुन्छ । त्यस्तै भारतीय विपक्षी दल काँग्रेसका तर्फबाट मीरा कुमार उम्मेदवार हुनुहुन्छ । भारतको संसदमा सत्तारुढ दल भारतीय जनता पार्टीको गठबन्धनको स्पष्ट बहुमत रहेकोले सो गठबन्धनका उम्मेदवार कोविन्द विजयी हुने निश्चितजस्तै रहेको बताइएको छ ।

संसदमा अहिले पनि मतदान जारी रहेको बताइएको छ । अाज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेपछि भारतीय जनता पार्टीका सांसदहरुले लाम लागेर संसद भवनमा मतदान गरेका थिए । यससँगै सबै सांसद मतदान प्रक्रियामा सहभागी भएका छन् । -एजेन्सी

तपाईको प्रतिक्रिया