बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

ललितपुर – ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार सुरु नगरसभामा ललितपुर महानगरपालिकाले चालुतर्फ ४३ करोड १२ लाख ७ हजार र पुँजिगततर्फ २ अर्ब ७९ करोड ७८ लाख २३ हजार बजेट प्रस्ताव गरेको हो ।

बजेट सार्वजनिक गर्दै मेयर चिरिबाबु महर्जनले सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने, दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक उर्जा प्रवद्र्धन, संस्कृति सम्पदा संरक्षण र पुनर्निर्माणमा जोड दिइने बताउनुभयो ।

उहाँले पर्यटन विकासको माध्यमबाट आर्थिक विकास, वातावरणमैत्री स्थानीय शासन, सरसफाई, बालमैत्री, स्थानीय शासन व्यवस्था, लैगिंक समानता तथा सामाविक समावेशी विकास र वडालाई विकासको केन्द्रविन्दु बनाउने बताउनुभयो ।

यस्तै पुल्चोकदेखि वागमती पुलसम्म १ दशमलव ४ किलोमिटरको फ्लाइओभरको सम्भाव्यता अध्ययन सुरु भैसकेको पनि उहाँले जानकारी दिनुभयो ।

यसैगरी मोनो रेल संचालनका लागि काठमाडौं महानगरपालिकासँग समन्वयन गर्ने, सवारी चाप बढी हुने ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने, शंखमुलमा विद्युतीय शवदाह गृह निर्माण गर्ने, महानगरका ठाउँ ठाउँमा मोबाइल शौचालय निर्माण गर्ने लगायत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया