बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई आज बिहान विशेष अदालत पुर्‍याएको छ । आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसहित शर्माविरुद्ध करिब १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचारको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

शर्मालाई लिएर हिजै अख्तियारको टोली विशेष अदालत पुगेको भए पनि समय अभावका कारण दर्ता हुन पाएको थिएन । फर्छ्यौट आयोग पदाधिकारी बिरुद्ध मुद्दा दायर गर्न अख्तियारले ३०० पृष्ठको फायल तयार गरेको छ । त्यसमध्ये मिसिल मात्र ८० पृष्ठको छ । अख्तियारले फर्छ्यौट आयोगबाट छुट दिएको २० अर्ब ९८ करोड रुपैयाँमध्ये १० अर्ब दुई करोड रुपैयाँ मात्र सदर गरेको हो । बाँकी १० अर्ब ९६ करोड रुपैयाँ बदनियतपूर्वक गैरकानुनी तवरले छुट दिएको अख्तियारको ठम्याइ छ ।

चुडामणिविरुद्ध अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो । कर फर्छ्यौट आयोग २०७१ मार्फत् भ्रष्टाचार गरेको अभियोगमा ३५ दिन अघि शर्मालाई अख्तियारले पक्राउ गरेको थियो । अख्तियारले आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि बयानका लागि पत्र काटेकोमा शर्मा पक्राउसँगै उनीहरु भने फरार भएका थिए ।

तपाईको प्रतिक्रिया