Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौं – एउटा फोटोका कारण एक युवतीको विवाह तीन पटक रोकिएको छ । भित्रि वस्त्र निर्माण गर्ने एक कम्पनीको विज्ञापनमा मोडलिङ गर्दै एउटा फोटो खिचाएकी एक युवतीले अनलाईन उत्पीडनको सामना गर्नुपरेको छ ।

मोडलले नयाँ दिल्लीको महिला आयोगमा यस विषयमा सम्पर्क गरेकी छिन् । आयोगलको पहलमा व्यवसायीक साइटबाट मोडलतको तस्वीर हटाइएको छ । यस्तो फोटो शूटका कारण हुन लागको विवाह पनि टुट्ने गरेको छ ।

दुई वर्ष अघि एक कम्पनीसँग एक वर्षको सम्झौतामा यस्तो फोटोशुट गराएको भएपनि कम्पनीले विभिन्न सपिङ मल, व्यापारिक प्रतिस्ठानमा राखेको उनको फोटोसहितको विज्ञापन नहटाएको हो । उनले बारम्बर भित्रिबस्त्रको कम्पनीका मालिकलाई विज्ञापन हटाउन आग्रह गरेपनि उनले वेवास्ता गर्दै आएका छन् ।

उनको यस्तो विज्ञापनको फोटो शुटपछि युवाहरुले भद्दा खालका कमेन्ट उनका फोटोहरुमा गरेका छन् भने अश्लील फोन कलका कारण आफू समस्यामा परेकी छिन् । मध्यमवर्गीय परिवारकी उनी पारिवारिक स्थिति विग्रिएपछि यस्तो फोटो खिचाउन तर्फ आकर्षित भएकी थिइन् । जसका कारण उनको विवाह समेत हुन सकेको छैन । -एजेन्सी

तपाईको प्रतिक्रिया