मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले आज (शुक्रबार) ७१ औं जन्मदिन मनाउने हुनुभएको छ ।

७० बर्ष पुरा हुनुभएका शाहले आफ्ना कर्मचारी र आफन्तलाई पहिला र त्यसपछि सर्वसाधारण जनतासँग शुभकामना ग्रहण गर्ने कार्यक्रम छ ।

निर्मल निवासमा आयोजना हुने शुभकामना कार्यक्रम बिहान साढे १० देखि शुरु हुनेछ । बिहान साढे १० बजेदेखि कर्मचारी र आफन्त र ११ बजेदेखि सर्वसाधारणका लागि समय छुटयाइएको छ ।

विहान १० बजेबाट राजधानीका आधा दर्जन स्थानबाट झाँकीसहित पूर्वराजालाई भेट गर्ने कार्यक्रम तय गरिएको विश्व हिन्दू युवा संघका अध्यक्ष राजन महर्जनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया