मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा लाग्नुभएको छ । पार्टीभित्र पनि भागवण्डा मिलाउनुपर्ने भएकोले हिजो (बुधबार) देउवाले रामचन्द्र पौडेल पक्षसँग नाम माग्नुभएको थियो ।

तर पौडेल पक्षले कुन कुन मन्त्रालय दिने हो नाम पहिला मागेपछि बुधबार साँझ मन्त्रालय भागवण्डाको तयारी भएको छ ।

देउवाले पौडेल पक्षलाई ४ वटा र कृष्णप्रसाद सिटौलालाई एउटा मन्त्रालय दिने बताउनुभएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

वर्तमान संयुक्त सरकारमा कांग्रेसले १२ वटा मन्त्रालय राख्ने माओवादी केन्द्रसँग सहमति भएको छ । देउवाले पार्टीभित्रको गुट व्यवस्थापन गर्न पौडेल र सिटौला पक्षलाई ५ वटा मन्त्रालय दिने र अन्य मन्त्रालय आफ्नो पक्षलाई दिने तयारी गर्नुभएको छ ।

पार्टीभित्रको भागबण्डा मिलेमा प्रधानमन्त्री देउवाले आज बिहीबार मन्त्रीमण्डलको विस्तार गर्ने तयारी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया