काठमाडौं – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसका तर्फबाट मेयरका उमेदवार भीम पराजुलीले ८०४६ मत प्राप्त गर्नु भएको छ । एमालेका विनोद ढकालले ५५८२ मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादीका उमेशकुमार यादवको ५१५३ मत प्राप्त गर्नु भएको छ ।
विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । विराटनगर महानगरमा ११९ मतदान केन्द्र तोकिएको थियो । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।