Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयर र उपमेयर दुबै पदमा एमाले विजयी भएको हो । तिलोत्तमा नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी तालमेल थियो । उनीहरु एउटै चुनाव चिन्ह रुखमा चुनाव लडेका थिए ।

एमालेबाट मेयर पदका उम्मेदवार बासुदेव घिमिरेले १९ हजार ८४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सचिव समेत रहेका रामकृष्ण खांणले १६ हजार २ सय ६४ मत ल्याए । उपमेयरमा पनि एमाले बिजयी भएको छ । एमालेकै जागेश्वरी चौधरीले १९ हजार २ हजार २४ मत ल्याइन् ।

उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनमुक्तिकी गीता सारुको १६ हजार ६ मत आएको छ । यो कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांण र एमाले उपमहासचिव घनश्या भुसालको गृहनगर समेत हो ।

तपाईको प्रतिक्रिया