Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

सुनसरी – सुनसरीको धरान उपमहानगरको मतगणना सोमबार रातिदेखि स्थगित भएको छ । निर्वाचन आयोगबाट खटिएका गणकले सही मत परिणाम सार्वजनिक नगरेको आरोप लगाउँदै माओवादी केन्द्र गठबन्धले विरोध गरेपछि मतगणना स्थगित भएको हो ।

त्योसँगै धरान–९ र १० नम्बरको मतपरिणासमेत सार्वजनिक हुन सकेको छैन् ।  धरान उपमहानगर–११ को समूह ‘घ’ मा रहेका मानबहादुर कार्की र समूह ‘ङ’ मा रहेका धनकुमार राईले गलत परिणाम दिएको भन्दै उनीहरुलाई निष्काशनको माग गरिएको थियो ।

त्यसपछि निर्वाचन कार्यालयले दुवैजनालाई निष्काशन गरेको छ । गठबन्धनका अनुसार धरान–१० मा ४ मत र ११ मा १५ मत तलमाथि गरेको छ । अहिले दलीय समहतिको प्रयास भइरहेको छ ।

चाडै नै समाधान गरेर निर्वाचन कार्यालयले गणनालाई यथावत राख्ने निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद महतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया