Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका नेकपा एमाले विजयी भएको छ । मेयरमा नेकपा एमालेका नेत्रराज अधिकारी ६ हजार १५५ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरी ४ हजार ७४२ मत ल्याउनुभयो । उपमेयरमा एमालेकै शिवकुमारी चौधरी ५ हजार ९६२ मत ल्याएर विजयी हुनुभयो ।

उहाँका प्रतिस्पर्धी फोरमकै सुमन यादवले ३ हजार २९ मत ल्याउनुभयो । कपिलवस्तुका १० वटा स्थानीय तहमध्ये ४ वटाको नतिजा आइसकेको छ ।

४ वटामध्ये नेपाली कांग्रेसले एउटा, एमालेले एउटा, राजपाबाट स्वतन्त्रले एउटा र संघीय समाजवादी फोरम एकमा विजयी भएका छन । मतगणना चलिरहेका पाचँ वटा तहमध्ये ४ मा कांग्रेसको अग्रता छ ।

तपाईको प्रतिक्रिया