शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

काठमाडौं – दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत रुपमा परिणाम नआउँदा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको छ ।

दोस्रो चरणको निर्वाचनमा राम्रो परिणाम नआउनुमा गुटबन्दी नै कारण भएको निष्कर्ष कांग्रेसले निकालेको छ । केन्द्रदेखि वडा तहसम्म ने गुटबन्दीको असर निर्वाचन नतिजामा पनि देखिएको भन्दै कांग्रेसभित्र आन्तरिक द्वन्द्व सुरु भएको छ ।

माओवादी केन्द्रभित्र पनि गुटबन्दीभन्दा पनि पार्टी केन्द्रीय कार्यालयले प्रभावकारी रुपमा जनतासमक्ष आफ्ना एजेन्डा पुर्याउन नसक्दा राम्रो परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा पहिलो हुने दाबी गरेको थियो ।

तपाईको प्रतिक्रिया