बझाङ – बझाङको १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । चुनाव भएको ५ दिनमा बझाङको सबै परिणाम आएको हो । १४ गते बेलुकीदेखि गणना सुरु भएकोमा आइतबार बिहान गणना सकिएको हो । जसमा एक नगरपालिकासहित ७ गाउँपालिकामा नेकपा एमालले जितेको छ । यस्तै एक नगरपालिकासहित ३ गाउँपालिकामा कांगे्रस विजयी गरेको छ ।
१२ वटै स्थानीय तहमा मत गणना कार्य शान्ति पूर्ण तरिकाले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एमालेका विजयी भएका नगरपालिका र गाउँपालिका
१ दुर्गा थली गाउँपालिका
अध्यक्षः प्रयागराज जोशी – १५९०
उपाध्यक्षः पार्वतीदेवी जपे्रल – १६१२
प्रतिद्वन्द्वी कांगे्रस
जनकबहादुर दौल्यालले –१४५३
शान्तिकुमारी महत – १५००
२ मष्टा गाउँपालिका
अध्यक्षः कर्णबहादुर कठायत – २१४२
उपाध्यक्षः भगवती बोहरा – २१६५
प्रतिद्वन्द्वी कांग्रेस
ज्ञानबहादुर बोहरा – १९५१
देवी सेटी – १८६५
३ थलारा गाउँपालिका
अध्यक्षः भुवनेश्वर उपाध्याय – २७७८
उपाध्यक्षः गंगुदेवी खडायत –२६६३
प्रतिद्वन्द्वी कांग्रेस
रामबहादुर खाती – २०८१
उपाध्यक्ष पिङ्की धामी भण्डारी –२०३५
४ विथ्थड चिर गाउँपालिका
अध्यक्षः पे्रम बोहरा –२७११
उपाध्यक्षः जानकी बोहरा –२८२६
प्रतिद्वन्द्वी कांग्रेस
धनबहादुर खड्का – २२५२
कमला जोशी – २३३०
५ तल्कोट गाउँपालिका
अध्यक्षः लालबहादुर विष्ट – २०६४
उपाध्यक्षः धनलक्ष्मी खत्री – २०५७
प्रतिद्वन्द्वी कांग्रेस
राजेन्द्र सिंह – २०००
जयकुमारी ऐडी –२०३७
६ जयपृथ्वी नगरपालिका
मेयरः विरेन्द्र खड्का – ३०४०
उपमेयरः जुनादेवी जाग्री – ३४१५
प्रतिद्वन्द्वी कांग्रेस
चेतराज बजाल – २९६०
अमृतादेवी सिंह – २८९१
७ केदार स्युँ गाउँपालिका
अध्यक्षः ईन्द्र भण्डारी – २८१५
उपाध्यक्ष: निशा धामी – २३६२
प्रतिद्वन्द्वी कांग्रेस
रमेश भण्डारी – २६६९
मनिसा धामी – २२५२
८ छविस पाथिभेरा गाँउपालिका
अध्यक्षः अक्कल धामी – २२८९
उपाध्यक्षः राधिका रताला – २२२३
प्रतिद्वन्द्वी माओबादी केन्द्र
लोकेन्द्र सिंह धामी – १७००
महेश्वरी ओझा – १६२१
नेपाली कांग्रेस विजयी भएको नगरपालिका र गाउँपालिका
१ बुंगल नगरपालिका
मेयरः धनबहादुर विष्ट – ५२५९
उपमेयरः मिनादेवी बोहरा जाग्री – ५३६०
प्रतिद्वन्द्वी एमाले
मेयरः धनबहादुर बोहरा – ४५२३
उपमेयरः धनदेवी कुँवर – ४५८९
२ काँडा गाउँपालिका
अध्यक्षः राजेन्द्र धामी – ३९४
उपाध्यक्षः कल्पना बोहरा – ३९४
प्रतिद्वन्द्वी एमाले
अध्यक्षः मानबहादुर बोहरा – ३८६
उपाध्यक्षः डोल्मा तामाङ – ३३६
३ सुर्मा गाउँपालिका
अध्यक्षः नरबहादुर बोहरा –१७४८
उपाध्यक्षः सुनीता पुजारा –१७४१
प्रतिद्वन्द्वी एमाले
अध्यक्षः शेरबहादुर बोहरा –१६४६
उपाध्यक्षः मातादेवी बोहरा –१६९५
४ खप्तड छान्ना गाउँपालिका
यस गाँउपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ भने उपाध्यक्ष १ मत बढी प्राप्त गरी एमाले विजयी भएको छ ।
अध्यक्षः बर्क रोकाया – २२७९
उपाध्यक्ष (एमाले): धिरा रोकाया खत्री – २२५१
प्रतिद्वन्द्वी एमाले
मिश्रबहादुर रोकाया – २०९६
पाउसरा थपा – २२५२