Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

संखुवासभा – संखुवासभाको धर्मदेवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा नेपाली कांग्रेसका रमेश जिमी ३ हजार ९ सय २९ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिम लिङखाले ३ हजार ६७ मत पाउनु भयो । उपमेयरमा कांग्रेसकी शोभा घिमिरे ३ हजार ५ सय ९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी शोमकुमारी रायले ३ हजार १ सय ९ मत पाउनुभयो ।

यस्तै पाँचखपन नगरपालिकामा पनि नेपाली कांग्रेस विजयी भएको छ ।  मेयरमा कांग्रेसका बिपिन राई ३ हजार ४ सय ९ मत ल्याएर विजयी हुनुभएको हो । उपमेयरमा भने एमालेकी भिमादेवी राई ३ हजार ३ सय ८० मत ल्याएर विजयी हुनुभयो ।

मेयरमा एमालेका मानसिं पोख्रेलले ३ हजार ३ सय ३० मत र उपमेयरमा कांग्रेसकी सीता श्रेष्ठले ३ हजार २९ मत पाउनु भयो । संखुवासभाका १० वटा स्थानीय तहमध्ये खाँदबारी नगरपालिका र मकालु गाउँपालिकाको मत परिणाम आउन बाँकी छ । दुवै ठाउँमा एमालेको अग्रता छ ।

तपाईको प्रतिक्रिया