Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

खोटाङ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा नेकपा एमालेका दिपनारायण रिजाल ५ हजार ३ सय ४३ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका राजनशेर राईले ४ हजार ७ सय १८ मत ल्याउनुभयो । उपमेयरमा पनि एमालेकी विनादेवी राई विजयी हुनु भएको छ । उहाँले ५ हजार ३ सय ६७ मत पाउनु भयो ।

उहाँका निकटतम प्रतिद्वन्दि माओवादी केन्द्रका होमकाजी आचार्य बिनोदले ४ हजार ६ सय २७ मत पाउनुभयो । खोटाङका १० स्थानीय तहमध्ये एक नगरपालिका र २ गाउँपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया