Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

ओखलढुंगा  – ओखलढुंगाको एक मात्र नगरपालिका सिद्धिचरणमा नेकपा एमाले विजयी भएको छ । मेयरमा उम्मेदवार बन्नुभएका नेकपा एमालेका जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ विजयी हुनुभएको हो ।

नेपाली कांग्रेसका डील्ली खनाललाई १२६ मत अन्तरले हराउँदै श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठले ४ हजार ७ सय ३९ मत ल्याउनुभयो भने खनालले ४ हजार ६ सय १६ मत ल्याउनुभयो ।

उपमेयर पनि एमालेकै इच्छाकुमारी गुरुङ विजयी हुनुभयो । उहाँले ४ हजार ८ सय ३६ मत प्राप्त गर्नुभयो । कांग्रेसकी हेमालक्षी राईले ४ हजार ४ सय ५७  मत ल्याउनुभयो । एमालेकी गुरुङ ३ सय  ७९ मत अनतरले विजयी हुनुभयो ।

उहाँ शिक्षकबाट राजीनामा गरेर राजनीतिमा होमिनुभएको हो । आन्तरिक विवादले एमालेले आफ्नो गढ मानिएकै क्षेत्रका ३ वटा वडा भने गुमाएको छ । एमालेले वडा नं. ११, ९ र ८ मा पराजय बेहोरेको छ ।

 

तपाईको प्रतिक्रिया