बाँके – बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका नरेन्द्र चौधरी र उपप्रमुखमा सायदा बानू विजयी हुनुभएको हो । चौधरीले ४६९१ र बानूले ४३१५ मत प्राप्त गरि विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिष्पर्धी फोरम नेपालका प्रमुखका उम्मेदवार बिजय यादव ४१९२ र उपप्रमुख जविदा खातुनले चार हजार ११४ मत पाउनुभयो । एमालेका प्रमुखका उम्मेदवार शकिल खानले हजार ४६६ र उपप्रमुख कृष्णवती पाण्डेले एक हजार ४७० मत पाउनुभयो ।
बाँकेका ८ स्थानीय तहमध्ये अझै ६ वटाको परिणाम आउन बाँकी छ । नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाको अग्रता छ । कांग्रेसले कोहलपुर नगरपालिका, र राप्तीसोनारी गाउँपालिकामा अग्रता लिएको छ ।
एमाले बैजनाथ र खजुरा गाउँपालिकामा अगाडि छ । माओवादी केन्द्रले जानकी गाउँपालिकामा अग्रता लिएको छ । नरैनापुरमा भने संघीय समाजवादी फोरम नेपाल विजयी भइसकेको छ ।