Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

अर्घाखाँची – अर्घाखाँचीका ६ स्थानीय तहको मतगणना चलिरहेको छ । ६ स्थानीय तहमध्ये तीन स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा एमाले र एक स्थानमा नेकपा माओवादी केन्द्र अघि छ ।

शितगंगा नगरपालिका, पाणिनि गाउँपालिका र छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेस अगाडि छ । एमालेले सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा अग्रता कायमै राखेको छ ।

नेकपा माओवादी केन्द्रले भुमिकास्थान नगरपालिकामा अग्रता लिएको छ ।  ६ स्थानीय तहमा ६१ वडामध्ये २९ वडाको मतगणना सकिएको छ । २९ वडामध्ये १२ वडा नेपाली कांग्रेसले र १२ वटै वडामा एमालेले जितेको छ ।

नेकपा माओवादी केन्द्रले तीन र राष्ट्रिय जनमोर्चाले २ वटा वडामा जीत हात पारेको छ ।  सन्धिखर्क  नगरपालिकाको १२, छत्रदेव गाउँपालिकाको १, २ र ८, पाणिनि गाउँपालिकाको  १ र २ वडामा नेपाली कांग्रेसले जीत हात पारेको हो ।

कांग्रेसले शितगंगा नगरपालिकाको ३, ४, ५, १०, ११, १२ मा जित हात पारेको हो ।  एमालेले सन्धिखर्क नगरपालिकाको १ र २ पाणिनी गाउँपालिकाको ८, शितगंगा नगरपालिकाको १ र २ भुमिकास्थान नगरपालिकाको ९ र १० वडामा जीत हात पारेको छ ।

छत्रदेवको ३, ७ र मालारानीको १, २ र ८ नम्वर वडामा एमालेले जीत हात पारेको छ ।  मालारानी ९ र शितगंगाको ८ र ९ वडामा नेकपा माओवादी केन्द्रले जीत हात पारेको छ । राष्ट्रिय जनमोर्चाले भुमिकास्थान नगरपालिकाको १ र २ वडामा जीत हात पारेको छ ।

तपाईको प्रतिक्रिया