Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

पाल्पा – पाल्पाको माथागढी गाउँपालिकामा नेपाली कांग्रेस अध्यक्ष र उपाध्यक्षसहित ८ वटै वडामा विजयी भएको छ ।  अध्यक्षमा सन्तोष थापा मगर र उपाध्यक्षमा निर्मला भट्टराई विजयी हुनुभएको हो ।

थापाले ६ हजार ९५ मत प्राप्त गर्दा प्रतिस्पर्धी  नेकपा एमालेका विमलप्रसाद काफ्लेले ४ हजार २१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा विजयी भट्टराईले ५ हजार ६ सय २४ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेकी मायाचिदिले ४ हजार १ सय १ मत प्राप्त गर्नुभएको छ ।

निस्दी गाउँपालिकामा एमाले विजयी

पाल्पाको निस्दी गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार मुतmबहादुर सारु अध्यक्षमा विजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै रीता कुमारी अर्याल विजयी हुनुभएको हो ।

अध्यक्ष सारुले ५ हजार ३ सय २० मत र उपाध्यक्ष अर्यालले ५ हजार ३ सय ६५ मत प्राप्त गर्नुभएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट अध्यक्षका प्रतिस्पर्धी कांग्रेसका शालिकराम पाण्डेले २ हजार २ सय ६५ र उपाध्यक्ष प्रतिस्पर्धी माओवादी केन्द्रका बलु गैरेले २ हजार १ सय ८५  मत प्राप्त गर्नुभएको छ ।

यसअघि तिनाउ गाउँपालिका र पूर्वखोला गाउँपालिकामा नेकपा एमाले विजयी भैसकेको छ । ८ गाउँपालिका र दुई नगरपालिका रहेको पाल्पामा बगनास काली गाउँपालिकामा नेपाली कांग्रेस अघि देखिएको छ भने अरुमा एमाले अघि रहेको छ ।

तपाईको प्रतिक्रिया