Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

डोटी  – डोटीको बड्डीकेदार गाउँपालिकामा नेपाली कांग्रेसका कृष्णबहादुर चन्द विजयी हुनु भएको छ । उहाँले २ हजार ८१३ मत ल्याएर गाउँपालिको अध्यक्षमा विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भक्तबहादुर साउदले २ हजार २५१ मत प्राप्त गर्नु भयो । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी ईन्द्राकुमारी बोहराले २ हजार ६५६ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी भुवन कुमारी बम (मल्ल) ले २ हजार ३२९ मत ल्याउनुभयो । यो सहित डोटीमा २ गाउँपालिकामा कांग्रेसले विजयी भएको छ भने माओवादी केन्द्रले एक गाउँपालिकामा जित हात पारेको छ ।

पछिल्लो मत परिणाम अनुसार डोटीमा नेकपा एमाले र कांग्रेस  ३÷३ ठाउँमा अगाडी छन् ।

तपाईको प्रतिक्रिया