Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नरेन्द्रसिंह थापाले ३ हजार ७६२ मत ल्याएर मेयरमा विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका पुष्करराज जोशी (लख्खाभाइ)ले ३ हजार ७ सय मत ल्याउनुभयो । मतगणनाको सुरुदेखि अग्रता लिईरहेका राप्रपाका पुष्करराज जोशी (लख्खाभाइ) अन्तिममा ६२ मतले पराजित हुनुभएको हो ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसकै मीना चन्दले ३ हजार सात सय ३१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वती नेपालीले २ हजार नौ सय ९७ मत ल्याउनुभयो ।

उपमेयरमा विजयी चन्दले शिक्षक पेशाबाट राजीनामा दिएर उपमेयर पदमा उम्मेद्वारी दिएका थिए । मेयर पदमा विजयी नरेन्द्रसिंह थापा २०५४ सालमा पनि दशरथचन्द नगरपालिकाको निर्वाचित उपमेयर हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनु भएका थापाले २०४९ सालमा तत्कालिन त्रिपुरासुन्दरी गाविसको निर्वाचित अध्यक्ष समेत हुनुहुन्थ्यो । दशरथचन्द नगरपालिकाको वडा नं १, २, ३, ४, ६, ७ र ८ मा नेपाली कांग्रेस तथा वडा नं ५, १० र ११ मा नेकपा एमाले विजयी भएको छ ।

तपाईको प्रतिक्रिया