Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

तेह्रथुम – तेह्रथुमको मेन्छ्यायम गाउँपालिकाको अध्यक्षमा एमाले विजयी भएको छ । एमालेका यादवबहादुर खापुङ १६ सय ८३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउबहादुर लिम्बुले १४ सय ९६ मत ल्याउनुभएको छ ।

यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसकी गीतादेवि तिम्सिना १४ सय ८६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी दिलकुमारी शंकरले १४ सय २० मत ल्याउनुभएको छ ।

६ वटा वडा रहेकोमा वडा नम्बर १, २, ३ र ४ मा कांग्रेस तथा ५ र ६ मा एमाले विजयी भएको छ । मेन्छ्यायम गाउँपालिकामा ३५ सय १४ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया