Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणनामा विवाद भएको छ । गएराती १२ बजे गणकले एमाले, माओवादी र स्वतन्त्र उम्मेदवारको मत कम्प्युटरमा राख्दा घटाएको आरोप लागेपछि विवाद भएको हो ।

एमाले उम्मेदवारको चार सय र स्वतन्त्र उम्मेदवारको १ सय भन्दा बढी मत घटाएको आरोप लगाउँदै उनीहरुका प्रतिनिधीले गणना रोक्न माग गरेका थिए । त्यस लगत्तै विवाद भएको र मतगणना स्थगित भएको हो ।

शुक्रबार रातिसम्म ५ हजार भन्दा बढी मत गणना भइसक्दा कांग्रेसले मेयरमा १९९५ र  उपमेयरमा १३२० मत ल्याएको छ । यस्तै मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १०१९, एमालेका मेयर उम्मेदवारले ६७६ र उपमेयर उम्मेदवारले ९६७  तथा माओवादी केन्द्रले मेयरमा २८९ र  उपमेयरमा ५०३ मत ल्याएको छ ।

तपाईको प्रतिक्रिया