Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

बैतडी – बैतडीको सुर्नया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर विष्ट २४५३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेन्द्र विष्टले २२७६ मत ल्याउनुभयो ।

यस्तै, उपाध्यक्षमा एमालेका लिला विष्ट २३०४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी भागिरथी बोहराले २१८६ मत ल्याएर पराजित हुनुभयो ।

सुर्नया गाउँपालिकाको ८ वडामध्ये १, ६ र ७ मा नेपाली कांग्रेस विजयी भएको छ भने २ मा राप्रपा, ३ मा माओवादी केन्द्र तथा ४ र ५ एमाले विजयी भएको छ । यस्तै वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया