मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

तेह्रथुम – तेह्रथुमको छथर गाँउपालिकामा बुधबार रातिदेखि नै मतगणना भइरहेको छ । अहिलेसम्मको गणनामा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका उम्मेदवारले १ सय ५८ मतसहित अग्रता लिएका हुन् । यस्तै नेकपा एमालेका उम्मेदवारले ९५ र माओवादी केन्द्रका उम्मेदवारले ४२ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसले १५८, एमाले ९५ र माओवादी केन्द्रले ४१ प्राप्त गरेको निर्वाचन कार्यालय शुक्रबारेमा प्रमुख जनार्धन भट्टराईले बताउनुभयो ।

छथर गाउँपालिकामा खसेको ७ हजार २५ मध्ये ३३८ मत गणना भई सकेको छ  । छथर गाँउपालिकामा कुल १० हजार ५ सय ४३ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया