Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

नवलपरासी– नवलपरासीको सरावल गाउँपालिकाको बडा नम्बर ६ स्थित जनतामावि मतदान केन्द्रमा जम्मा दुई मत खसेको छ । दिउँसो २ बजेसम्म ५ सय २ मतदाता रहेको सो मतदान केन्द्रमा जम्मा दुई जनाले मात्रै मतदान गरेको निर्वाचन अधिकृत लीलाधर शर्माले जानकारी दिनुभयो ।
साविकको हुजहवा गाविस बडा नम्बर दुईका स्थानीयहरुले गाविसका अरु वडालाई सरावल गाउँपालिका बडा नम्बर ७ मा राखेर आफूहरुलाई भने बडा नम्बर ६ मा राखेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । सोहि असन्तुष्टिको कारण उनीहरु मत खसाल्न नगएको बताइएको छ ।
बडा नम्बर ६ मा जम्मा ३४६५ मतदाता रहेका छन् । ५०२ मध्ये ४४१ जनाले मतदाता परिचय पत्र लगेको भएपनि असन्तुष्टिका कारण भोट हाल्न नगएका हुन् । मतदान अधिकृत शर्माले समय अझैं बाँकी रहेकाले स्थानीय भोट हाल्न आउने विश्वास व्यक्त गर्नुभयो । बडा नम्बर ६ बाट कांग्रेस छोटेलाल गुप्ता, एमालेका रघुराज केव र माओवादी पारसनाथ गुप्तालगायतको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया