मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

बर्लिन – कतारले विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी लिन आर्थिक चलखेल गरेको दाबीसहितको एक प्रतिवेदन सार्वजनिक भएको छ ।

जर्मनीको ‘बिल्ड’ नामक पत्रिकाले सन् २०२२ को विश्वकप आयोजक राष्ट्र छनोटका क्रममा आर्थिक चलखेल भएको प्रमाणसहितको प्रतिवेदन आफ्नो हात लागेको दाबी गरेको छ ।

विश्व फुटबल महासंघ ९फिफा०का पूर्व छानविनकर्ता माईकल गार्सियाले तयार पारेको भनिएको गोप्य प्रतिवेदन जर्मन पत्रिकाले सार्वजनिक गरेको हो ।

फिफामा भएको भ्रष्टाचारबारे छानविन गर्ने जिम्मेवारी पाएका अमेरिकी वकिल गार्सियाले नेतृत्वसँग असहमति जनाउँदै सन् २०१४ मा राजीनामा दिएका थिए । जर्मन पत्रिकाले दाबी गरेअनुसार कतारलाई विश्वकप फुटबल आयोजना गर्न दिँदा भएको मतदानपूर्व कतारी अधिकारीहरुले फिफा पदाधिकारीलाई घुस दिएका थिए ।

फिफाका एक उच्च अधिकारीकी छोरीलाई कतारी अफिसियलहरुले २० लाख अमेरिकी डलर घुस दिएको जिकिर प्रतिवेदनमा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया