Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं  – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गराउने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा सोमबारदेखि सुनुवाई हुँदैछ ।

भरतपुर महानगरपालिकको १९ नम्बर वडाका वडा सदस्य उम्मेद्वार गुञ्जमान बिक र मतदाता अधिवक्ता तुलसीराम पाण्डेले आइतबार दायर गरेको रिटमा सोमबारका लागि पेशी तोकिएकाले सुनुवाई सुरु हुने भएको हो ।

रिटमा निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा परेर भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको भन्दै आयोगको निर्णय खारेजीको माग गरिएको छ । च्यातिएका ९० मतलाई बदर मानेर बाँकी मत गणना गर्ने आदेशको माग रिटमा गरिएको  छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम मतगणनास्थल अनधिकृत कब्जा भएको भन्दै १९ नम्बर वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने र फेरि मतदान गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया