बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि आन्तरिक तयारी थालेका छन् । संसद्मा आफ्नो पक्षमा बहुमत पुग्नेमा कांग्रेस ढुक्क छ । देउवाले बुधबार साँझ आफूनिकटका नेताहरुसँग सरकारका विषयमा अनौपचारिक छलफल गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको सात दिनको समय बुधबार मध्यराती सकिएको छ । बिहीबार राष्ट्रपति भण्डारीले सभामुखलाई प्रधानमन्त्री निर्वाचनका लागि बहुमतीय प्रक्रिया सुरु गर्न पत्र पठाएपछि कांग्रेसले औपचारिक रुपमा दलहरुसँग छलफल गर्ने छ ।

तपाईको प्रतिक्रिया