Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – गत मार्च १३ का दिन टोकियोमा निधन हुनुभएका बाजुराका अर्जुनबहादुर सिंहको साढे दुई महिनापछि आउँदो जुन ३ तारिख शनिबारका दिन नागोयामा अन्त्येष्टि गरिने भएको छ ।

टोकियोको सिन्जुकु एरियाबाट जापान प्रहरीले नियन्त्रण लिई सोधपुछको क्रममा अचानक बेहोस भई अस्पताल लैजाने क्रममा उहाँको निधन भएको थियो ।

दर्शन समाज जापानका अध्यक्ष सुरज मल्लका अनुसार प्रहरी नियन्त्रणकै अवस्थामा निधन हुन गएको घटना भएकोले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन सुरु गरिएकोमा पहिलो चरणको छानबिन सकिएकोले सरोकारवलाहरु सबैको सहमतिमा स्वर्गिय सिंहको पार्थिव शरिरको अन्त्येष्टि गर्न लागिएको हो । अन्त्येष्टिका लागि स्वर्गिय सिंहकी धर्मपत्नी अम्बिका सिंह पनि जापान आउनुभएको छ ।

शनिबार बिहान साढे १० बजे नागोयाको तोकुरिन्जिस्थित नेपाली गुम्बामा स्वर्गिय सिंहको अन्त्येष्टि गरिने भएकोले सो अवसरमा पायक पर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि अध्यक्ष मल्लले अपिल गर्नुभएको छ ।
स्वर्गिय सिंहको निधनपश्चात घटनाको छानबिन र अन्त्येष्टि लगायतका सहयोगी कार्यमा दर्शन समाज जापान र एनआरएन तोकाई क्षेत्रले सहकार्य गरी पहल गर्दै आईरहेको बुझिएको छ ।

अन्त्येष्टि हुने स्थानको ठेगाना : Aichi Ken, Nagoya-Shi, Tempaku-ku, Nonami Aiyoyama 28-340
सम्पर्क : सुरज मल्ल – 090-6098-4587 सन्दिप भूपाल सिंह – 080-4899-8585 मनोज बम मल्ल – 080-6947-0101 राजु बम मल्ल – 080-2668-1052

तपाईको प्रतिक्रिया