काठमाडौं – दोस्रो चरणको स्थानीय तह निर्वाचन ९ असारमा गर्ने सरकारको निर्णयले निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले सरकारले नयाँ मिति तय गरेपछि निर्वाचन कार्यतालिका पनि परिवर्तन हुने बताउनुभयो ।
आज आयोगको बैठक बसेर नयाँ कार्यतालिका बनाउने उहाँले जानकारी दिनुभयो । मैनालैले आयोगको बैठक बसेर निर्णय हुने अनि मात्र निर्वाचनको नयाँ कार्यतालिका आउने र मनोनयनदेखि निर्वाचनका सबै कार्यतालिका परिवर्तन हुने बताउनुभयो ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि भने कानुनमा संशोधन भएपछि मात्रै सहज हुने निर्वाचन आयोगले जनाएको छ ।