Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

चितवन – भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रता कायम राख्नुभएको छ । तर मतगणना अन्तिम चरण तर्फ पुग्दै गर्दा उहाँको अग्रता घट्दै गएको छ ।

वडा नम्बर १८ को मतगणना सकिँदा देवी ज्ञावली माओवादी केन्द्री मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १२ सय १९ मतले अघि हुनुहुन्छ ।

वडा नम्बर १८ वडा अध्यक्षसहित तीन सदस्यमा कांग्रेस विजयी भएको छ भने एक सदस्यमा एमालेका उम्मेद्वार विजयी भएका छन् । उपमेयरमा भने कांग्रेसकी पार्वती शाहको अग्रता कायम छ । अब वडा नम्बर १९, २० र २१ को मत गन्न बाँकी छ ।

मेयर

(एमाले) देवी ज्ञवाली – ३९ हजार ५ सय ८५
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – ३८ हजार ३ सय ६६

उपमेयर

कांग्रेस, पार्वती शाह – ४२ हजार ३ सय ३०
एमाले, दिब्या शर्मा – ३६ हजार २ सय १९

तपाईको प्रतिक्रिया