Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाका २८३ स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । केही ठाउँको अन्तिम परिणाम पनि आएइसकेको छ ।

स्थानीय तह चुनावमा अहिलेसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले अगाडि देखिएको छ । प्रमुख पदमा एमालेले ६, माओवादी केन्द्रले ५ र कांग्रेसले चार तथा स्वतन्त्र एक जनाले जितेका छन् ।

नेकपा एमाले प्रमुख जितेका ठाउँ

 

  • डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)
  • डोल्पाको काइके गाउँपालिका – अंगद राना
  • मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
  • मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले
  • मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
  • स्याङ्जाको फेदीखोला गाउँपालिका – घनश्याम सुवेदी

नेपाली कांग्रेस प्रमुख जितेका ठाउँ

 

  • मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
  • मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
  • बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा
  • मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले

माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ

 

  • जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
  • डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया
  • हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
  • डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
  • कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही

एक स्वतन्त्र

मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्रका उम्मेद्वार राजु बिष्ट बिजयी हुनुभएको छ ।  बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी हुनुभएको हो । उहाँ कांग्रेसबाट टिकट नपाएपछि बागीबाट उठ्नुभएको थियो ।

तपाईको प्रतिक्रिया