Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं  -पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत आइतबार भएको मतदानमा केही ठाउँको मतगणना सुरु भएको छ । मतपेटिका संकलन गरेलगत्तै ती ठाउँमा रातीदेखि नै मतगणना सुरु भएको हो ।

सबैभन्दा चासोको रुपमा हेरिएको भरतपुर, काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सोमबार मात्र हुनेछ । ललितपुर महानगरपालिकाको मतगणना भने सुरु भएको छ ।

यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका, महाँकाल र कन्ज्योसोम गाउँपालिकामा मतगणना सुरु भएको छ । काठमाडौंको शंखरापुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली र कीर्तिपुरमा पनि मतगणना भैरहेको छ ।

मनाङको चामे र नाशोङ गाउँपालिका तथा रुकुमको मुसिकोट नगरपालिका, बाँफिकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।

नवलपरासीको कावासोती, देवचुली, मध्यविन्दु र गैंडाकोट तथा काभ्रेको वनेपा नगरपालिकामा पनि मतगणना भैरहेको छ ।

सल्यानको शारदा नपामा अहिले राति १ बजेदेखि मतगणना शुरू भएको छ । मतगणना जिल्ला समन्वय समितिको हलमा भैरहेको हो । यस्तै छत्रेश्वरी गाउँपालिका सल्यानमा २ बजेदेखि मतगणना शुरू भएको छ । नुवाकोटको बिदूर नगरपालिकामा पनि मतगणना भैरहेको छ ।

जुम्लाको चन्दनाथ नगरपालिकामा पनि मतगणना भैरहेको छ । एकसय १२ मत गणना भैसक्दा मेयरमा कांग्रेसको ६६, एमालेको १० र माओवादीको २८ मत आएको छ ।

चितवनको कालिका नगरपालिका बाहेक अरु ठाउँमा बिहानदेखि मतगणनाको तयारी छ । भक्तपुरका चारवटै नगरपालिकामा आज बिहानदेखि मतगणना हुने भएको छ ।

तपाईको प्रतिक्रिया